प्रहरी, गायक हुँदै अभिनेता बनेका थिए प्रशान्त तामाङ, देखिनेछन् सलमान खानको नयाँ फिल्ममा
चर्चित भारतीय गायन रियालिटी शो ‘इन्डियन आइडल’ सिजन ३ विजेता बनेपछि प्रशान्त तामाङको चर्चा एकाएक चुलिएको थियो। साधारण पृष्ठभूमिबाट उठेर विजेता बन्नु प्रशान्तको व्यक्तिगत सफलता मात्र थिएन, सपनाले जित्न सकिन्छ भन्ने उदाहरण समेत बनेका थिए। अन्तर्राष्ट्रिय मञ्चमा नेपाली भावना, पहिचान र स्वर प्रस्तुत हुनु नेपाली भाषी समुदायका लागि गौरवको क्षण थियो। उनको जितले विशेषगरी गोर्खा…