वैवाहिक जीवनमा बाँधिए अस्मिता र महेश

काठमाडौँ । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले वैवाहिक जीवनमा बाँधिएका छन् । उनीहरूले बिहीबार लगनगाँठो कसेका छन् । विवाह समारोहमा दुवै तर्फका परिवार, आफन्त र निकट संगीतकर्मी सहभागी छन् ।

उनीहरूको विवाह समारोह कार्की ब्याङ्क्वेटमा आयोजना गरिएको छ । विवाह अगाडि हल्दी, मेहेन्दी लगायतका सेरेमोनी आयोजना भएको थियो ।

दुवैले गत असारमा दुबईस्थित संसारको अग्लो टावर ‘बुर्ज खलिफा’ अगाडि इन्गेजमेन्ट गरेका थिए ।

यी दुई लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए । दुवैले साङ्गीतिक सहकार्य समेत गरेका छन् । जसलाई दर्शकले रुचाएका पनि छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *