रास्वपा झापाका नेतासँग बालेन शाहको डेढ घन्टा कुराकानी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता नियुक्त भएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पार्टी झापाका नेताहरूसँग डेढ घन्टा छलफल गरेका छन्। आइतबार ललितपुर–१०, ज्वागलस्थित आफ्नो सचिवालय सदस्य कुमार बेनको घरमा मेयर बालेनले रास्वपा झापा अध्यक्ष प्रकाश पाठक, सचिव शम्भु सुस्केरासहितको टोलीसँग कुराकानी गरेका हुन्। ‘हामी पार्टी सभापति रवि लामिछानेसहित पार्टी नेतृत्वसँग कुराकानी गर्न काठमाडौं…

Read More

नेपाली राजनीतिलाई मिनेन्द्र रिजालले दिए ‘कारोबारी राजनीति’ को संज्ञा

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले नेपालले चीन र भारतबाट प्राप्त गरेको भूराजनीतिक अवसरलाई महसुस गर्न राजनीति गर्ने तरिका बदल्नुपर्ने बताएका छन्। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) बुधबार काठमाडौंमा गरेको नयाँ युगको कार्यभार: वैकल्पिक राजनीतिक औचित्य र आधार विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले राजनीति गर्ने पुरानै तौरतरिकाका कारण राष्ट्रिय राजनीतिमा सधैं विकल्पको राजनीति खोज्नुपर्ने बाध्यता हुने…

Read More

राष्ट्रपति–प्रधानमन्त्री भेटवार्ता

२४ फागुन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार साँझ भेट भएको हो । उहाँहरूबीच मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

Read More

राष्ट्रिय सभाबाट पाँच वटा अध्यादेश स्वीकृत

काठमाडौं । राष्ट्रिय सभाले विभिन्न पाँच वटा अध्यादेश स्वीकृत गरेको छ । बिहीबार बसेको बैठकले पाँचै वटा अध्यादेश बहुमतले स्वीकृत गरेको हो । यसअघि बुधबार प्रतिनिधिसभाले पनि अध्यादेशहरू स्वीकृत गरिसकेको छ । अब सरकारलाई अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला भएको छ । गत २ माघमा भूमिसम्बन्धी अध्यादेश जारी भएको थियो । २९ पुसमा सार्वजनिक…

Read More

प्रधानमन्त्री मोदीलाई निम्तो दिन परराष्ट्रमन्त्री राणा दिल्ली जाने

काठमाडौँ । नेपालमा हुने सगरमाथा संवाद कार्यक्रमका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्तो दिन परराष्ट्रमन्त्री डा.आरजु राणा दिल्ली जाने भएकी छिन् । निम्तो दिनका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग समय माग गरिएको छ । भारतका लागि नेपाली राजदूत डा.शंकर शर्माले समय व्यवस्थापनका लागि त्यहाँका विदेश मन्त्रालयलाई आग्रह गरिएको बताए । हिजो नेपाली राजदूत शर्माले भारतका…

Read More

दुई जना पत्रकारको संसद प्रवेश पास निलम्बन

काठमाण्डु–संघीय संसद् सचिवालयले दुईजना युट्यूवरको संसद् प्रवेश पास निलम्बन गरेको छ। युट्यूवरद्वय प्रकाश वली र र किशोरकुमार श्रेष्ठको संसद प्रवेश पास निलम्बन गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई प्रश्न गर्दा गलत शब्द प्रयोग गरेको भन्दै संसद प्रवेश पास निलम्बन गरिएको हो । उनीहरुको पास निलम्बन गर्न महासचिव स्तरीय निर्णयबाट भएको हो ।दुवैजनालाई…

Read More

परराष्ट्रमन्त्री राणा चढेको विमान काठमाडौं अवतरण हुन सकेन, कलकत्ता डाइभर्ट

जेनेभामा आयोजित राष्ट्रसंघको बैठकबाट स्वदेश फर्किएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा सवार जहाज काठमाडौंमा अवतरण हुन नसकेपछि कोलकाता डाइभर्ट भएको छ । खराब मौसमका कारण राणा सवार जहाज अवतरण हुन नसकेको हो । उनी कतार एयरलान्सबाट काठमाडौं आउँदै थिईन् । खराब मौसमका कारण हालसम्म नेपाल एयरलाइन्स, सिचुवान एयरलाइन्स र कतार एयरवेजको जहाज डाइभर्ट भएको छ।…

Read More

पाथीभरा केवलकार विवादमा १५ जनालाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाण्डु – ताप्लेजुङको फुङलिङबाट शनिबार पक्राउ परेका ‘नो केवलकार’ पक्षका १५ जनालाई ७ दिन हिरासतमा राख्न ताप्लेजुङ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विवेक बस्नेतले पक्राउ परेका १५ जनालाई हुलदंगा र आपराधिक उपद्रव कसूरमा ७ दिनको म्याद लिई अनुसन्धान थालेको छ । पक्राउ परेकाहरूलाई मुलुकी…

Read More

पूर्वप्रधानमन्त्री डा. बाबुरामका ज्वाइँ जेकेन्द्र केन्द्रीय सदस्यमा मनोनित

काठमाण्डु – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका ज्वाइँ जेकेन्द्र श्रेष्ठ नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को केन्द्रीय सदस्य मनोनित भएका छन् । आईतबार अध्यक्ष डा. भट्टराईले ९ जनालाई केन्द्रीय समितिमा मनोनित गरेका हुन् । केन्द्रीय सदस्यको १० प्रतिशत मनोनित गर्ने व्यवस्था बमोजिम ९ जना केन्द्रीय सदस्य छनोट गरिएको छ । ११ पदाधिकारी र ९० सदस्य प्रत्यक्ष…

Read More

संसदमा सवाल जिउँदै राख्ने सुवाल

‘के फूर्ति गर्छस् तपाईंले!’ गत पुस २५ प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था समितिको बैठकमा समितिका सभापति राजकिशोर यादव र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालबीच नोकझोक चल्यो। नोकझोक चर्काचर्कीमै परिणत भयो। समितिको बैठकमा नेपाल वायुसेवा निगमको विमान सञ्चालन, व्यवस्थापन तथा सेवा सञ्चालनबारे छलफल भइरहेको थियो। सांसद सुवालले विषयभन्दा बाहिरको कुरा प्रवेश गराएको…

Read More