अर्जुन र सम्झनाको स्वरमा ‘क्यारी भुलाम मेरो मन’ सार्वजनिक

गायक अर्जुन सापकोटा र गायिका सम्झना भण्डारीको स्वरमा ‘क्यारी भुलाम मेरो मन’ बोलको गीत सार्वजनिक भएको छ।

बिहीबार बिहान गायिका सम्झनाको अफिसियल युट्युबबाट गीतको भिडिओ सार्वजनिक गरिएको हो।

यसमा प्रेम–विछोडको कथा समेटिएको छ। गीतका शब्द सन्तोष सापकोटाले लेखेका हुन्। संगीत गायक अर्जुन स्वयंमको छ भने एचबिएन किस्मतले एरेन्ज गरेका छन्।

भिडिओमा अर्जुन सापकोटा र सरिता ढुंगानाको अभिनय छ।

गीत सार्वजनिक भएसँगै यसले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको गायक तथा मोडल अर्जुनले बताए। प्रारम्भिक प्रतिक्रियाबारे उनले भने, ‘टिकटकमा गीतले गति लिन थालेको छ। युट्युबमा पनि राम्रो प्रतिक्रिया आइरहेका छन्।’

विशाल घिमिरेको कथा तथा निर्देशनमा भिडिओ बनेको हो। बुद्ध थापाको छायांकन रहेको भिडिओ अनिश महतले सम्पादन गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *