सलमान खान अभिनीत फिल्म ‘सिकन्दर’ को टिजर सार्वजनिक

बलिउड अभिनेता सलमान खान अभिनीत फिल्म ‘सिकन्दर’ को टिजर सार्वजनिक गरिएको छ।

बिहीबार नाडियावाला ग्यान्डसन युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा अभिनेता सलमानको एक्सन सिन देख्न सकिन्छ।

एआर मुरुगादास निर्देशित फिल्ममा सलमान खान र रश्मिका मन्दनाको मुख्य भूमिका छ। उनीहरूको केमेस्ट्रीलाई दर्शकले मनपराइरहेका छन्।

यो फिल्म २०२५ को इदमा रिलिज हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *