चलचित्र ‘भूठान’को कागजको खोस्टो गीत सार्वजनिक

काठमाडौं । हरिवंश आचार्यको चलचित्र ‘भूठान’ले कागजको खोस्टो बोलको गीत रिलिज गरेको छ । पुष्पन प्रधानको स्वर, नवराज पराजलीको शव्द र वाचन साथै रिदम कँडेलको संगीत संयोजन, सुनिल शिवभक्तिको सम्पादन रहेको यस गीतले घर फर्कन नपाएको परदेशीको व्यथा बोलेको छ ।

गीत नवराज पराजुलीको युट्युब च्यानलबाट प्रसारण गरिएको छ । परदेशिएर वा घर देखि टाढा भएकाहरूलाई घरको यादमा चुर्लुम्म डुबाई एकफेर भएपनि आफनो गाउँ–ठाउँ पुगौं भन्ने सन्देश यो चलचित्रको टिजरले दिएको छ ।

शुक्रबार सार्वजनिक गीतमा घर बाहिर रहेको पात्रले आफू घर नफर्कि मर्न पनि नमिल्ने र कालले समेत ताकेता गर्न नमिल्ने भावका मार्मिक शब्दहरू छन् । गीतमा हरिवंश आचार्यको अभिनय छ भने सुसन प्रजापतिको छायांकन छ ।

अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य साथै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द –लामा , रिचा घिमिरे, जोएस पाण्डे, ,अदिति प्याकुरेल, टम क्रेन ,विमल सुवेदी साथै हलिउडका अभिनेता बु्रस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन् ।

भुटानदेखि भारत, नेपालहुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरूको देशप्रेम र आफ्नो थातथलो छोड्न पर्दा घर हराएको कथा यस चलचित्र भूठान, द वल्र्डस् ह्याप्पिएस्ट म्यान ले प्रस्तुत गरेको छ ।

बुलबुल चलचित्रबाट नाम कमाएका विनोद पौडेलको निर्देशन रहेको भूठानका निर्मातामा अविरल थापा,सुशांक मैनाली,राजेन्द्र ठकुराठी , अमिताभ जोशी र किर्तना बाँस्कोटा छन् भने कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी,कौशिला खनाल,रमेश भट्ट,अपार श्रेष्ठ छन् ।

सुसन प्रजापतिको छायांकन, अन्जय खड्काको सम्पादन,डिकेश खडगी शाहीको ध्वनी,समवरण केमको संगीत, सुर्य शाहीको कास्टीङ्ग, उज्जवल श्रेष्ठको पव्लिसिटि डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, वलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहेको छ ।

चलचित्र ०८२ वैशाख १२ गते प्रदर्शनमा आउने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *