काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । आज एक कार्यक्रमका बिच क्यानले आगामी वर्षको लागि क्यालेन्डर सार्वजनिक गरेको हो । क्यालेन्डरमा नेपालले खेल्ने अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगिताहरू समावेश गरी उक्त प्रतियोगिताको मिति पनि तोकिएको छ । तालिका अनुसार नेपालले २०२५ मा आइसीसी विश्वकप लिग २, टि ट्वान्टी आई सिरिज र ओडिआई सिरिजहरु खेल्नेछ ।
जनावरी १६ देखि २४ सम्म जय ट्रफी क्रिकेटको आयोजना हुनेछ भने फेब्रुअरी १५ देखि मार्च २ सम्म प्रदेश स्तरीय पीएम कप प्रतियोगिता हुनेछ । नेपाल प्रिमियर लिग भने नोभेम्बरमा हुने तालिकामा उल्लेख छ । यसअघि क्यानले गतवर्षको पुसमा वार्षिक क्यालेन्डर सार्वजनिक गरेको थियो । क्यानले नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको नयाँ प्रशिक्षक पनि छिट्टै नियुक्त हुने जानकारी दिएको छ ।
