तिब्बतमा ५.९ म्याग्निच्युडको भूकम्प, काठमाडौंमा पनि धक्का

२४ फागुन, काठमाडौं । नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएको छ । तिब्बतको सिगात्से केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको काठमाडौं स्थित राष्ट्रिय भूकम्प मापन केन्द्रबाट जानकारी प्राप्त भएको छ।

भूकम्पको धक्का काठमाडौं सहितका जिल्लामा पनि महसुस भएको छ । २ बजेर ३५ मिनेट जाँदा भूकम्प गएको हो । आज बिहानमात्रै म्याग्दी र बागलुङमा पनि भूकम्प गएको थियो । गत पुस २३ गते तिब्बतकै सिगात्सेस्थित दिङ्गे काउन्टीमा ७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *