मड्रिड डर्बीको पहिलो लेगमा रियलको जित

युरोपियन च्याम्पियन्स लिगमा रियल म्याड्रिडले एथ्लेटिको म्याड्रिडलाई पराजित गरेको छ। गएराति सान्टियागो बर्नाबेउमा भएको अन्तिम १६ को पहिलो लेगमा रियलले एथ्लेटिकोलाई २-१ गोलले पराजित गरेको हो। रियलको जितमा रोद्रिगो र ब्राहिम डियाजले गोल गरे। रोद्रिगोले चौथो मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए।

एथ्लेटिकोका जुलियन अल्भारेजले ३२ मिनेटमा बराबरी गोल फर्काए। ५५ मिनेटमा ब्राहिम डियाजले ५५ मिनेटमा गरेको गोल निर्णायक बनेपछि रियलले पहिलो लेग आफ्नो पक्षमा पारेको हो। दोस्रो लेग एथ्लेटिकोको घरेलु मैदानमा मार्च १३ मा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *