एक महिनामै ८६ करोडको आइटी सेवा निर्यात, २० करोडको आयात

राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो महिना (साउन) को तथ्यांक अनुसार यो अवधिमा ८६ करोड रूपैयाँ बराबरको सूचना प्रविधिमा आधारित सेवा निर्यात गरेको हो।  त्यस्तै, २० करोड रूपैयाँ बराबरको यस्तो सेवा आयात गरेको हो। 

राष्ट्र बैंकले पहिलो पल्ट खुल्ने गरेर यस्तो तथ्यांक प्रकाशित गर्न थालेको हो।  यही कारण अघिल्लो वर्षको यस्तो तथ्यांक भने राखिएको छैन।  प्रोफेसनल र म्यानेजमेन्ट कन्सलटेन्सी सेवा निर्यात नेपालले तीन अर्ब रूपैयाँ आम्दानी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *