असोज १० देखि १३ गतेसम्म भारी वर्षा हुने, ५६ जिल्ला उच्च जोखिममा
जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गरेर बिहीबारदेखि आइतबारसम्म ५६ जिल्लामा भारी वर्षा हुने प्रक्षेपण गरेको छ। बंगालको खाडी र अरब सागरतिरबाट उच्च जलवाष्पयुक्त वायु नेपाल सोझिएकाले भारी वर्षा प्रक्षेपण गरिएको हो। यो क्रम असोज १३ गते आइतबारसम्मै रहने बताइएको छ। ‘बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको प्रभावको…