जुवाखालबाट ७ जना पक्राउ

एक लाख ८४ हजार रकमसहित बर्दियाबाट सात जुवाडे पक्राउ परेका छन्।

जिल्लाको बाँसगढी नगरपालिका – ५ बाँसगढी बजारको मुनलाइट होटेलबाट उनीहरु पक्राउ परेका हुन।

उक्त होटेलमा नगद जितहार हुने गरी जुवा खेल भइरहेको भन्ने विशेष सुराकको आधारमा इलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीबाट खटिएको प्रहरी टोलीले फागुन १४ गते राति उनीहरुलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी ऋषिराम घर्ती मगरले पक्राउ परेकाहरु माथि थप अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति प्रदान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *